नासाको 'सुपरसोनिक एक्स' विमान पहिलो परीक्षण उडानको लागि तयार

 जेठ ६, २०८१ आइतबार ७:१३:२ | एजेन्सी
unn.prixa.net

एजेन्सी

अमेरिकी अन्तरिक्ष निकाय (नासा) को 'सुपरसोनिक एक्स–५९' विमानले पहिलो उडानको लागि सम्पूर्ण तयारी पूरा गरेको छ । नासाका स्वतन्त्र विशेषज्ञ मिलेर बनेको उडान तयारी समीक्षा बोर्ड र एक्स–५९ परियोजना टोलीले उडानस्थल र परीक्षणको क्रममा मानवीय सुरक्षाको दृष्टिकोणबाट आवश्यक सम्पूर्ण अध्ययन पूरा गरेको चिनियाँ समाचारसंस्था सिन्ह्वाले जनाएको छ ।

समीक्षा बोर्डले सुरक्षा र जोखिम पहिचानमा ध्यान केन्द्रित गर्दै सम्भावित खतराको परियोजना टोलीको विश्लेषणलाई विस्तृत रूपमा हेरेको नासाले जनाएको छ ।

यो विमान नासाको 'क्वेस्ट मिशन' को केन्द्रमा रहेको छ र यसलाई हवाई यात्रामा व्यापक सुधारसहित तथ्याङ्क संकलन गर्न प्रयोग गर्नेछ । यसले आवाजको गतिभन्दा छिटो यात्रा गर्न सक्ने व्यावसायिक विमानको नयाँ पुस्ताको लागि मार्ग प्रशस्त गर्नेछ । 

अन्तिम अपडेट: पुस २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया