बाघकाे आक्रमणबाट बर्दियामा महिलाकाे ज्यान गयाे

 पुष २८, २०८१ आइतबार १४:५५:५२ | भावुक योगी
unn.prixa.net

फाइल फाेटाे

बर्दिया – बर्दियामा बाघको आक्रमणबाट एक महिलाको ज्यान गएको छ । बकुवा सामुदायिक वनछेउमा बाख्रा चराउने क्रममा बाघले आक्रमण गर्दा ठाकुरबाबा नगरपालिका–७ सुन्दरपुर गाउँकी ४० वर्षीया पदमकला थापाको ज्यान गएको हो ।

खुला ठाउँमा बाघले थापालाई आक्रमण गरेर जङ्गलभित्र पुर्‍याएको थियो । ठाकुरबाबा नगरपालिकाका मेयर तिकराम लम्सालले बर्दिया राष्ट्रिय निकुञ्जका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासीसहितकाे टाेली लिएर बाघले आक्रमण गरेकाे ठाउँदेखि झन्डै ७ सय मिटरभित्र गएर शव ल्याएकाे बताउनुभयो । शव पाेस्टमार्टमका लागि सदरमुकाम गुलरिया लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जका वरिष्ठ प्रमुख संरक्षण अधिकृत डा. अशाेक रामका अनुसार बाघ नियन्त्रणमा लिन सामुदायिक वनमा हात्तीसहित प्राविधिक टाेली खटिसकेकाे छ । ढाटलगायतका अन्य प्रविधिको प्रयाेगबाट बाघलाई नियन्त्रणमा लिने प्रयास भइरहेको उहाँले बताउनुभयाे ।

गएको साउनयता बर्दियामा हात्ती, गैंडा र पाटेबाघको आक्रमणमा परेर तीन जनाको ज्यान गइसकेको राष्ट्रिय प्रकृति संरक्षण कोषको बर्दिया प्रमुख अजित तुम्बाहाम्फेले उज्यालोलाई जानकारी दिनुभयाे ।

अन्तिम अपडेट: पुस २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया