मधेश प्रदेशबाहेकका अरु ठाउँमा वर्षा र हिमपातको सम्भावना, तराईमा तापक्रम बढ्न थाल्यो

 फागुन १२, २०८१ सोमबार ७:५१:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कोशी  र बागमती प्रदेशका पहाडी भूभागका एक, दुई ठाउँमा हल्का वर्षा भएको छ ।

गएको १२ घण्टामा मोरङको केराबारी, सप्तरीको रुपेनी बजारलगायतका क्षेत्रमा वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार झापा, इलाम सङ्खुवासभा, मकवानपुर, भक्तपुरलगायतका ठाउँमा पनि छिटपुट पानी परेको छ ।

आज दिउँसो पनि देशका धेरै ठाउँमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मधेश प्रदेशबाहेक अरु प्रदेशका केही ठाउँमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै ठाउँ तथा बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक, दुई ठाउँमा हल्का हिमपातको सम्भावना छ । भोलिदेखि मौसममा थप सुधार हुने मौसमविद् विनु महर्जनले बताउनुभयो ।

यसैबीच तराईको तापक्रम बढ्न थालेको छ । महाशाखाका अनुसार हिजो जनकपुर र भैरहवाको अधिक्तम तापक्रम ३० डिग्री पुगेको छ भने नेपालगन्ज र धनगढीको  २८ दशमलव २ डिग्री सेल्सियस पुगेको छ ।

पूर्वी तराईमा न्यूनतम तापक्रम पनि बढ्दो रहेको छ । यो वर्षको हिउँदमा अहिलेसम्म उच्च  हिमाली र पहाडी भागमा हल्का हिमपात र वर्र्षा भए  पनि तराई सुक्खा नै छ । 

अन्तिम अपडेट: फागुन १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया