टाइगर कप भलिबलः महिला तर्फ एपीएफ र न्यू डायमन्ड विजयी, तेश्रो...
माघ १२, २०८१ शनिबार
अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो पक्राउ पर्न सक्नेगरी सूचना दिनेलाई दुई करोड ५० लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको छ । मदुरोले तेस्रो कार्यकालका लागि शपथ लिएकै दिन अमेरिकाले पुरस्कार घोषणा गरेको हो ।
मदुरोले हिजो आउँदो छ वर्षका लागि भेनेजुएलाको राष्ट्रपति पदको सपथ लिनुभएको हो । गएको जुलाई २८ मा भएको चुनावको परिणाम छिमेकी देशहरू बाजिल र कोलम्बियासहित अमेरिका, बेलायत, यूरोपेली संघ लगायतका अन्तर्राष्ट्रिय समुदायले अस्वीकार गरेका थिए ।
अमेरिकाले सन् २०२० मा मदुरोमाथि लागेको लागूऔषध र भ्रष्टाचारको मुद्दाका कारण पक्राउ गर्न सघाउनेलाई पुरस्कार दिने घोषणा गरेको जनाएको छ । त्यसबेला अमेरिकाले मदुरो र उहाँको सरकारका वरिष्ठ अधिकारीहरूमाथि लागूऔषध र आतङ्कवादको आरोप लगाएको थियो ।
मदुरोले भने आफ्नो देशको आर्थिक सङ्कटको कारण अमेरिकी प्रतिबन्धहरू रहेको र अमेरिकी प्रतिबन्ध अवैध र साम्राज्यवादी भएको आरोपसमेत लगाउँदै आउनुभएको छ । यसैबीच यूरोपेली संघले पनि विधिको शासन र प्रजातन्त्रको पुनर्बहालीमा प्रगति नभएको भन्दै भेनेजुएलामाथि प्रतिबन्ध बढाउने जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।