गोरखाको शहीद लखन गाउँपालिका–७ मा घरमै पुगेर मृत्यु दर्ता प्रमाणपत्र प्रदान

 माघ १२, २०८१ शनिबार १२:४०:२२ | रासस
unn.prixa.net

गोरखा – गोरखाको शहीद लखन गाउँपालिका–७ मा घरमै पुगेर मृत्यु दर्ता प्रमाणपत्र दिन थालिएको छ ।

गाउँपालिकाको वडा नम्बर ७ ले वडाभित्र मृत्यु भएका व्यक्तिको मृत्यु दर्ता प्रमाणपत्र हिजोदेखि घरमै पुगेर उपलब्ध गराउन थालेको वडाध्यक्ष शरण श्रेष्ठले जानकारी दिनुभयो ।

वडा कार्यालयले शोकमा परेका घरपरिवारलाई समवेदना र भेटघाटमा पुग्दा मृत्यु दर्ता प्रमाणपत्र पनि उपलब्ध गराउने निर्णय गरेको र अब मृत्यु दर्ताका लागि कोही पनि वडा कार्यालयसम्म पुग्न नपर्ने उहाँको भनाइ छ ।

वडा कार्यालयले पहिलो पटक हिजो बुङ्कोट गरन्जा गाउँका मृतक लिलाबहादुर थापाको परिवारलाई मृत्यु दर्ता प्रमाणपत्र प्रदान गरेको हो ।     

अन्तिम अपडेट: माघ १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया