टाइगर कप भलिबल : पुलिस र आर्मी विजयी

 माघ १३, २०८१ आइतबार १८:४२:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : सामाजिक सञ्जाल

काठमाण्डाै – टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब च्याम्पियनशिपमा पुरुषतर्फ नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब विजयी भएका छन् ।

पोखरा रङ्गशालाको भलिबल कोर्टमा भएको खेलमा पुलिसले गण्डकी प्रदेशलाई ३–२ काे सेटमा हरायाे । पुलिसले पहिलाे सेट २५–२२, दाेस्राे सेट २५–२१ र पाँचाैं सेट १५–१० जित्याे । गण्डकीले तेस्राे सेट २५–१९ र चाैथाे सेट २५–१४ ले जित्याे ।

यस्तै अर्काे खेलमा आर्मीले सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ३–० को सोझो सेटमा हरायो । आर्मीले पहिलाे सेट २५–१८, दाेस्राे सेट २५–२३ र तेस्राे सेट २५–१५ ले जित्याे ।

आजै यसअघि भएका खेलमा महिलातर्फ आयोजक टाइगर ग्रुप अफ पोखराले त्रिभुवन आर्मी क्लबलाई ३–० काे साेझाे सेटमा हरायाे । यस्तै पुरुषतर्फ भारतको सुनिल भलिबल क्लबले साविक विजेता हेल्प नेपाल स्पोर्ट्स क्लबलाई ३–१ काे सेटमा हरायाे ।

पाँचौं संस्करणको प्रतियोगिता आउँदो शनिवार माघ १९ गतेसम्म चल्नेछ ।

अन्तिम अपडेट: माघ १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया