सुन्तलाखेतीले दोसल्ले गाउँको मुहार फेरियो : ‘बसाइँसराइ राेक...
माघ १४, २०८१ सोमबार
काठमाण्डौ – सौर्यमण्डलमा रहेका ६ वटा ग्रह पृथ्वीबाट एकसाथ अवलोकन गर्न सकिने भएको छ । सौर्यमण्डलका मुख्य चम्किला ग्रहहरू शुक्र, मङ्गल, वृहस्पति, शनि, अरुण र वरुण एकसाथ खाली आँखाले अवलोकन गर्न सकिने भएको हो ।
यी ग्रहहरु आजदेखि यही माघको तेस्रो हप्तासम्म आकाशको एउटै भागमा खाली आँखाले अवलोकन गर्न सकिने बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समिति कीर्तिपुरका कार्यकारी निर्देशक डा.सनतकुमार शर्माले जानकारी दिनुभयो ।
उहाँका अनुसार सूर्य अस्ताउने बित्तिकै दक्षिण पश्चिम दिशादेखि उत्तर पूर्व दिशामा सफा आकाशमा सहजरूपमा देख्न सकिनेछ । शनि, शुक्र, वृहस्पति र मङ्गललाई नाङ्गो आँखाले स्पष्ट देख्न सकिने छ भने अरुण र वरुण मधुरो देखिनेछन्, तर दुरबिनको सहायताले भने छ वटै ग्रहलाई स्पष्ट देख्न सकिने उहाँले बताउनुभयो ।
ग्रहहरुको पङ्क्तिमा बुध ग्रह पनि रहेको भए पनि सूर्यको अत्यधिक प्रकाशका कारण स्पष्ट देख्न भने सकिँदैन । यो दुर्लभ क्षण नेपालसहित विश्वका उत्तरी धुव्रमा पर्ने धेरै ठाउँबाट देख्न सकिने शर्माले जानकारी दिनुभयो ।
बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समिति, कीर्तिपुरमा आज बेलुकी ६ बजेदेखि ८ बजेसम्म टेलिस्कोपको सहायताले यी ग्रहहरूलाई निःशुल्क अवलोकन गर्न सकिन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।