'यूएसएआईडी' अन्तर्गत सञ्चालनमा रहेका कुनै पनि कार्यक्रम अघि नबढाउन अर्थ मन्त्रालयकाे निर्देशन

 माघ १४, २०८१ सोमबार १७:३७:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अर्थ मन्त्रालयले अमेरिकी सहयोग 'यूएसएआईडी' अन्तर्गत सञ्चालनमा रहेका कुनै पनि कार्यक्रम अघि नबढाउन निर्देशन दिएको छ ।

अमेरिकी सरकारले तीन महिनाका लागि सबै प्रकारका अनुदान रोकेको पत्र अर्थ मन्त्रालयलाई यसअघि नै पठाइसकेको छ । अर्थ मन्त्रालयले आज सूचना निकालेर स्थगित भएका आयोजनाअन्तर्गत यूएसएआईडी स्राेततर्फ कुनै पनि दायित्व सिर्जना हुनेगरी काम नगर्न सम्बद्ध सबै निकायलाई निर्देशन दिएको हो ।

नेपाल र यूएसएआईडीबीच सन् २०२२ को मे ५ तारिखमा ६९ करोड ८० लाख अमेरिकी डलर अर्थात् ९४ अर्ब २३ करोड रुपैयाँको विकास उद्देश्य सम्झौता भएको थियो ।

रोकिएको अनुदान सहायतामध्ये सबैभन्दा ठूलो विकास उद्देश्य सम्झौताअन्तर्गतका परियोजना पनि समावेश छन् । यो आयोजनाअन्तर्गत स्वास्थ्य, कृषि, शिक्षा र समावेशी विकास कार्यक्रम सञ्चालनमा रहेका छन् ।

अन्तिम अपडेट: माघ १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया