रातो बाँदर र बँदेललाई एक वर्षको लागि कृषि हानिकार वन्यजन्तु घोषणा

 माघ १४, २०८१ सोमबार ८:३४:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारले जङ्गली रातो बाँदर र बँदेललाई एक वर्षको लागि कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको छ । यो घोषणापछि अब खेतबारीमा पस्ने रातो बाँदर र बँदेललाई धपाउन, लखेट्न र समात्न औपचारिक रुपमा कानूनी बाटो खुलेको छ ।

यसरी बाँदर र बँदेल धपाउँदा र लखेट्दा मरेमा किसानलाई कानूनी कारबाही हुनेछैन । तर नियतवश भने मार्न पाइँदैन । वन तथा वातावरण मन्त्रालयले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली २०३० को नियम ३६ अनुसार निजी खेत, खला, बारीमा आउने जङ्गली रातो बाँदर र बँदेललाई राजपत्रमा सूचना प्रकाशित भएको मितिले १ वर्षसम्मको लागि कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको हो ।

मन्त्रालयले गएको बिहिवार जारी गरेको राजपत्रअनुसार निजी खेत, खला, बारीमा प्रवेश गरी क्षति पुर्‍याउने जङ्गली रातो बाँदर बँदेललाई सरकारले तोकेको शर्तअनुसार अनुज्ञापत्र बेगर धपाउन, लखेटन र समात्न सकिनेछ । तर नियतवश भने जङ्गली रातो बाँदर र बँदेललाई भने मार्न नपाइने व्यवस्था सरकारले गरेको छ । खेतवारीमा जङ्गली रातो बाँदर र बँदेलले पुर्‍याइरहेको क्षतिलाई रोक्न सरकारले यस्तो व्यवस्था गरेको हो ।

शर्तहरू : 


 

अन्तिम अपडेट: माघ १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया