आर्मीलाई पेनाल्टी शुटआउटमा हराउँदै पुलिस एन्फा महिला लिगको फाइनलमा

 माघ १४, २०८१ सोमबार १८:१२:५ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : एन्फा

काठमाण्डाै – त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी शुटआउटमा हराउँदै नेपाल पुलिस क्लब एन्फा महिला लिग फुटबलको फाइनलमा पुगेको छ ।

एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा आज भएको दोस्रो क्वालिफायरमा पुलिसले आर्मीलाई पेनाल्टी शुटआउटमा २–१ गोलले हरायो । निर्धारित ९० मिनेटको खेलमा गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि खेल पेनाल्टी शुटआउटमा गएको हो ।

अब पुलिसले उपाधिका लागि फाइनलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबसँग खेल्नेछ । पहिलो क्वालिफायरमा पुलिसलाई हराउँदै एपीएफ फाइनलमा पुगेको थियो । फाइनल खेल पर्सि बुधवार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा दिउँसो २ बजेपछि शुरू हुनेछ ।

अन्तिम अपडेट: माघ १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया