टाइगर कप भलिबलमा पुलिसले भारतको क्लबलाई हरायो

 माघ १४, २०८१ सोमबार १८:१९:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब च्याम्पियनशिपमा पुरुषतर्फ नेपाल पुलिस क्लबले भारतकाे सुनिल भलिबल क्लबलाई हराएकाे छ ।

पोखरा रङ्गशालाको भलिबल कोर्टमा आज भएको खेलमा पुलिसले सुनिल भलिबल क्लबलाई ३–१ को सेटमा हरायो । पुलिसले पहिलो सेट २५–१०, दोस्रो सेट २५–१३ र चौथो सेट २५–२२ ले जित्यो । सुनिल भलिबल क्लबले तेस्रो सेट २५–२२ ले जित्यो ।

पुरुषतर्फकै हेल्प नेपाल स्पोर्ट्स क्लबबीचको खेल भने खराब प्रकाशका कारण स्थगित भएको छ । खेल स्थगित हुनुअघि हेल्प नेपालले २ र गण्डकीले १ सेट जितेको छ । बाँकी सेटको खेल भोलि हुने आयोजकले जनाएको छ ।

गण्डकी प्रदेश टाइगर ग्रुप अफ पोखराको आयोजनामा भइरहेको पाँचौं संस्करण प्रतियोगिता आउँदो शनिवार माघ १९ गतेसम्म चल्नेछ ।

अन्तिम अपडेट: माघ १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया