टाइगर कप भलिबल : पुरुषतर्फ गण्डकी र आर्मी विजयी
माघ १५, २०८१ मंगलबार
काठमाण्डाै – टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब च्याम्पियनशिपमा आज भएको खेलमा महिलातर्फ सशस्त्र प्रहरी बलको एपीएफ र नेपाल पुलिस क्लब विजयी भएका छन् ।
पोखरा रङ्गशालाको भलिबल कोर्टमा आज भएको पहिलो खेलमा एपीएफले न्यु डायमन्ड स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा हरायो । एपीएफले पहिलो सेट २५–२२, दोस्रो सेट २५–२३ र तेस्रो सेट २५–२१ ले जित्यो ।
यस्तै पुलिसले थाइल्यान्डको ट्राभल इन्क्वायरी युनाइटेडलाई ३–१ को सेटमा हरायो । ट्राभल इन्क्वायरीले पहिलो सेट २५–२३ ले जित्यो । पुलिसले दोस्रो सेट २५–१४, तेस्रो सेट २५–१८ र चौथो सेट २५–१७ ले जित्यो ।
गण्डकी प्रदेश टाइगर ग्रुप अफ पोखराको आयोजनामा भइरहेको पाँचौं संस्करण प्रतियोगिता आउँदो शनिवार माघ १९ गतेसम्म चल्नेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।