टाइगर कप भलिबल : पुलिस र आर्मी विजयी
माघ १३, २०८१ आइतबार
सन् २०२४ मा अमेरिकाकाे हतियार बिक्री २९ प्रतिशतले बढेको छ । अमेरिकी विदेश विभागले हिजो सार्वजनिक गरेको तथ्याङ्क अनुसार गएको वर्ष अरू देशमा हुने हतियारको बिक्री २९ प्रतिशतले बढेर तीन खर्ब १८ अर्ब ७० करोड डलर पुगेको छ ।
विशेषगरी युक्रेन र इजरायलमा हुने विक्रिमा ठूलो वृद्धि देखिएको विभागलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । हतियार बिक्रीको वृद्धि यो वर्ष पनि बढ्ने देखिएको छ । किनकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाटो देशहरुले जीडीपीको पाँच प्रतिशत रक्षा क्षेत्रमा खर्च गर्नुपर्ने एजेन्डा बलियो बनाउने अनुमान छ ।
विश्वका विभिन्न क्षेत्रमा भइरहेको युद्धका कारण अमेरिकाबाट हतियार किन्ने निवेदन अमेरिकी रक्षा मन्त्रालयमा थुप्रिएका छन् । सन् २०२४ मा टर्कीमा २३ अर्ब डलरको एफ–१६ जेट बिक्री र स्तरोन्नती, इजरायलमा झन्डै १९ अर्ब डलरको एफ–१५ लडाकू जेट र रोमानियामा साढे दुई अर्ब डलरको एम वन ए टू अब्राम्स ट्याङ्क पनि बिक्री भएका थिए । यी निकै ठूला कारोबार हुन् ।
विदेशी सरकारहरूले अमेरिकी कम्पनीहरूबाट हतियार खरिद गर्ने दुई वटा प्रमुख तरिकाहरू छन् । एउटा सिधैं अमेरिकी कम्पनीसँग खरिद वा अमेरिकी सेना र रक्षा विभाग हुँदै गरिने खरिद रहेकाे छ । तर दुवै खरिदको लागि अमेरिकी सरकारको स्वीकृति चाहिन्छ ।
अमेरिकी कम्पनीहरूको प्रत्यक्ष हतियार बिक्री आर्थिक वर्ष २०२३ मा एक खर्ब ५७ अर्ब ५० करोड डलरबाट बढेर २०२४ मा दुई खर्ब आठ अर्ब डलर पुगेको छ । जबकी अमेरिकी सरकारमार्फत भएको बिक्री २०२४ मा एक खर्ब १७ अर्ब नौ करोड डलर पुगेको छ, जुन अघिल्लो वर्ष ८० अर्ब ९० करोड डलर थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।