सुनचाँदीको भाउ तोलामा तीन सय रुपैयाँले घट्यो
माघ १४, २०८१ सोमबार
ललितपुर – ललितपुर महानगरपालिकाले साप्ताहिक ट्राफिक सचेतना कार्यक्रमको शुभारम्भ गरेको छ । महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले आज जावलाखेलमा कार्यक्रमको शुभारम्भ गर्नुभएको हो ।
महानगरले ट्राफिक प्रहरी कार्यालयसँगको समन्वयमा साप्ताहिक ट्राफिक सचेतना कार्यक्रम शुभारम्भ गरेको हो । सडक सुरक्षाका लागि जनचेतना फैलाउने र ट्राफिक नियम पालना गराउने उद्देश्यले साप्ताहिक ट्राफिक सचेतना शुरुआत गरिएको महानगरले जनाएको छ ।
मेयर महर्जनले महानगरपालिकामा भर्खरै इन्टेलिजेन्स ट्राफिक लाइटको शुभारम्भ गरिएको र यसबाट ट्राफिक व्यवस्थापनमा केही सहज भएको बताउनुभयो । नियम उल्लङ्घन गर्ने गाडी चालकलाई निरन्तर कारबाही हुँदै आएको उहाँको भनाइ छ ।
मेयर महर्जनले ललितपुर महानगरपालिकालाई स्मार्ट सिटीको रूपमा विकास गरिरहेको दाबी गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।