टाइगर कप भलिबल : पुलिस र आर्मी विजयी
माघ १३, २०८१ आइतबार
अमेरिकी माथिल्लो सदन सिनेटले फक्स न्यूजका पूर्व प्रस्तोता एवम् पूर्वसैनिक पीट हेगसेथलाई रक्षामन्त्रीमा अनुमोदन गरेको छ । सिनेटबाट अनुमोदन भएसँगै उहाँले अमेरिकी रक्षा मन्त्रालयको नेतृत्व सम्हाल्नुहुने भएको छ ।
एक सय सदस्यीय सिनेटमा भएको मतदानमा हेगसेथको पक्ष र विपक्षमा बराबर मतपछि उपराष्ट्रपति जेडी भान्सले निर्णायक मत दिनुभएको हो ।
अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएलगत्तै डोनाल्ड ट्रम्पले ४४ वर्षका हेगसेथलाई आफ्नो मन्त्रीमण्डलमा नियुक्त गर्नुभएको थियो । सेनामा रहँदा उहाँ अफगानिस्तान र इराकमा तैनाथ हुनुहुन्थ्यो ।
हेगसेथ यौन दुर्व्यवहारको मुद्दामा विवादित व्यक्ति रहेको र रक्षामन्त्रीका लागि अयोग्य रहेको भन्दै विरोध हुँदै आएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।