पाथीभरामा केबलकार बनाउने विषयमा भएको झडपलाई लिएर मानव अधिकार आयाेगकाे ध्यानाकर्षण

 माघ १३, २०८१ आइतबार १८:१३:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – राष्ट्रिय मानव अधिकार आयोगले ताप्लेजुङको फुङलिङ नगरपालिका–११ पाथीभरा क्षेत्रमा केबलकार बनाउने विषयलाई लिएर हिजो भएको घटनामा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले आज निकाल्नुभएको विज्ञप्तिमा आयोगकाे काेशी प्रदेश कार्यालयले घटनाको अनुगमन गरिरहेको उल्लेख छ । हिजो भएको घटनामा प्रहरीको गोली लागेर घाइते भएकामध्ये सगुन लावती, यमबहादुर लिम्बू र धर्मन पालुङ्वाको अवस्था गम्भीर छ । गम्भीर घाइतेलाई आज काठमाण्डौ ल्याएर शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । घाइते भएका अरू दुई जना ताप्लेजुङ अस्पतालमा उपचारपछि डिस्चार्ज भएका छन् । त्यस्तै प्रहरीतर्फ घाइतेमध्ये सात जनाको ताप्लेजुङ अस्पतालमा उपचार भइरहेको छ ।

आयोगले वार्ता र संवादको माध्यमबाट समस्याको समाधान खोज्न अनि विरोध प्रदर्शनलाई शान्तिपूर्ण बनाउन सम्बन्धित पक्षलाई आग्रहसमेत गरेको छ ।

अन्तिम अपडेट: माघ १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया