भारतले ७६औं गणतन्त्र दिवस मनायाे (तस्वीरहरू)

 माघ १३, २०८१ आइतबार १७:३६:३ | एजेन्सी
unn.prixa.net

भारतले आज ७६औं गणतन्त्र दिवस भव्यताका साथ मनाएको छ । सन् १९५० मा भारतको स्वतन्त्रतापछिको संविधानलाई अङ्गीकार गरेको दिन जनवरी २६ अर्थात् गणतन्त्र स्थापना दिनको सम्झनामा मनाइने यस दिवसका अवसरमा परेड, राजनीतिक सम्बोधन, सांस्कृतिक कार्यक्रम र समारोहसँगै भारतको इतिहास, सरकारको उपस्थिति र भारतीय परम्पराहरू झल्काउने विभिन्न कार्यक्रमहरू गर्ने गरिन्छ ।

गणतन्त्र दिवसका अवसरमा भारतका राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति जगदीप धनखर, प्रधानमन्त्री नरेन्द्र मोदी, विपक्षी दलका नेता राहुल गान्धी, अन्य नेता र सबै राज्यका मुख्यमन्त्री, सरकारी उच्च पदस्थ अधिकारी, कलाकारलगायतले सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै गणतन्त्र स्थापनाको स्मरण गरेका छन् । गणतन्त्र दिवसका अवसरमा प्रमुख अतिथिका रूपमा इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबिआन्तो सहभागी हुनु भएको छ ।

गणतन्त्र दिवसका अवसरमा देशको मिसाइल प्रणाली, लडाकू जेट फ्लाईका दृश्य, मोटरबाइक स्टन्ट र विभिन्न भारतीय राज्यहरूको प्रतिनिधित्व गर्ने प्रदर्शनहरू देखाइएको छ ।

गएको वर्ष भारतको हतियार निर्यात २ अर्ब ६३ करोड अमेरिकी डलर बराबर पुगेको छ । यो कतिपय शक्तिराष्ट्रको तुलनामा थोरै रकम भए पनि एक दशकको अवधिमा भारतको हतियार निर्यात ३० गुणाले वृद्धि भएको छ ।

तस्वीरहरू : एएफपी

अन्तिम अपडेट: माघ १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया