टाइगर कप भलिबल : पुलिस र आर्मी विजयी
माघ १३, २०८१ आइतबार
झापा – झापाका किसानले सरकारले तोकेको न्यूनतम समर्थन मूल्यभन्दा धेरै मूल्यमा धान बिक्री गरेका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय विर्तामोडले किसानको धान खरिद गर्न गएको मङ्सिरमा न्यूनतम समर्थन मूल्य तोकेको थियो । यस वर्ष ५० हजार क्विन्टल धान किसानबाट खरिद गर्ने तयारी भएकोमा किसानले धान बिक्री नै नगरेको कार्यालय प्रमुख चुलमाया लोवाले बताउनुभयो ।
सरकारले तोकेकोभन्दा बढी मूल्य बजारमै पाएपछि किसानले उतै बिक्री गरेको र यसले किसानलाई फाइदा भएको उहाँको भनाइ छ । कम्पनीले गएको मङ्सिरमा धानको समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार पाँच सय ८० रुपैयाँ तोकेको थियो, जुन तत्कालीन बजार मूल्यभन्दा बढी रहेको प्रमुख लोवाले बताउनुभयो ।
यस वर्ष रञ्जित मन्सुली धान प्रतिक्विन्टल चार हजार रुपैयाँसम्ममा बिक्री गरेको अर्जुनधारा नगरपालिका–४ का किसान पहलमान खड्काले बताउनुभयो । गएको वर्ष तीन हजारदेखि तीन हजार दुई सय रुपैयाँ सम्म बिक्री गर्नुभएका खड्काले अहिले धेरै मूल्य पाएकोमा खुसी व्यक्त गर्नुभएको छ ।
बाह्रदशी गाउँपालिकाका स्थानीय कृषक एवम् व्यापारी मानप्रकाश सङ्ग्रौलाका अनुसार किसानको खेतबाटै धान खरिद बिक्री भइरहेको जानकारी दिनुभयो । झापामा यस वर्ष तीन लाख ८५ हजार एक सय ९६ मेट्रिक टन धान उत्पादन भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।