‘राइट टु प्रोटिन’ दौड प्रतियोगिताको उपाधि सन्तोषी र राजनलाई

 माघ १२, २०८१ शनिबार १५:२४:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सबैभन्दा धेरै खेलाडीको सहभागिता रहेको चौथो संस्करणको ‘राइट टु प्रोटिन’ दौड प्रतियोगिताको उपाधि सन्तोषी श्रेष्ठ र राजन रोकायाले जितेका छन् । नेपाल भेटेरिनरी एशोसिएसनको आयोजनामा भएको प्रतियोगितामा विभिन्न आठ विधामध्ये खुला हाफ म्याराथनमा महिलातर्फ सन्तोषी श्रेष्ठ र पुरुषतर्फ राजन रोकाय प्रथम भएका हुन् ।  उनीहरुले डेढ लाख रुपैयाँका दरले पुरस्कार प्राप्त गरेका छन् ।

दश किलोमिटर (खुला) पुरुषतर्फ सञ्जय श्रेष्ठ, पाँच किलोमिटर (खुला) महिलातर्फ फूलमति राना, कक्षा १२ सम्मका विद्यार्थीका लागि पाँच किलोमिटर (पुरुष)तर्फ लोकेन्द्र बोहरा र तीन किलोमिटर महिलातर्फ अस्मिता भुजेल, तथा फरक क्षमता भएका व्यक्तिहरुका लागि ह्विलचियर दौड (महिला तथा पुरुष)तर्फ ऐश्वर्यकुमारी कुमाल र रमेश खत्री प्रथम हुनुभएको आयोजक समितिका संयोजक डा. शीतलकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङलगायत विशिष्ट अधिकारीले विजयी खेलाडीलाई नगद पुरस्कार, प्रमाणपत्र र पदक प्रदान गर्नुभयो । विभिन्न आठ विधाका विजेता ४० खेलाडी पुरस्कृत भए ।

प्रतियोगितामा हाफ म्याराथनमा दोस्रो भएका खेलाडीले एक लाख, तेस्रोले ७० हजार, चौथोले ५० हजार तथा पाँचौँ हुने खेलाडीले ३० हजार रुपैयाँ पाएका छन् । १० किलोमिटर दौडमा पहिलो हुने खेलाडीले ५० हजार, दोस्रोले ४० हजार, तेस्रोले ३० हजार, चौथोले २० हजार र पाँचौँ हुने खेलाडीले १० हजार रुपैयाँ पाएका छन् ।

प्रतियोगिताअन्तर्गत पाँच किलोमिटर दौडमा पहिलो, दोस्रो, तेस्रो, चौथो र पाँचाँै हुने खेलाडीले क्रमशः ३० हजार, २० हजार, १५ हजार, १० हजार र पाँच हजार रुपैयाँ पाएका छन् । तीन किलोमिटर दौडमा पहिलो हुने खेलाडीले २० हजार, दोस्रोले १५ हजार, तेस्रोले १० हजार, चौथोले पाँच हजार र पाँचाैँ स्थान हासिल गर्ने खेलाडीले दुई हजार पाँच सय रुपैयाँ पाएका छन् ।

ह्विलचियरतर्फ पहिलो हुने खेलाडीले ३० हजार, दोस्रो हुने खेलाडीले २० हजार रुपौयँ पाए । त्यसैगरी तेस्रो हुने खेलाडीले १५ हजार, चौथोले १० हजार र पाँचौँ हुने खेलाडीले पाँच हजार रुपैयाँ पाएका छन् । प्रतियोगितामा विभागीयसहित झन्डै आठ हजार धावकको सहभागिता रहेको आयोजकले जनाएको छ ।

अन्तिम अपडेट: माघ १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया