बैतडीमा जीप दुर्घटना : दुई जनाको ज्यान गयो, चार जना घाइते

 माघ १२, २०८१ शनिबार १३:१२:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

बैतडी – बैतडीको सिगास गाउँपालिका–१ माडौँमा आज बिहान भएको जीप दुर्घटना गम्भीर घाइते भएका दुई जनाको ज्यान गएको छ ।

दुर्घटनामा परेर सिगास गाउँपालिका–१ बैतडीकी १४ वर्षीया जयन्ती धामी र १९ वर्षीया पार्वती धामीको उपचारको क्रममा ज्यान गएको हो ।

त्यस्तै दुर्घटनामा सिगास–१  इराना घर भएका ४० वर्षीया तुलसी धामी, १६ वर्षीया नीरा धामी, १८ वर्षीया कमला धामी र १४ वर्षीया धौली धामी घाइते भएका छन् ।

उनीहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । जीपका चालक भने फरार रहेका छन् ।

अन्तिम अपडेट: माघ १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया