मधेशलाई हराउँदै आर्मी जय ट्रफी एलिट कप क्रिकेटको फाइनलमा

 पुष २८, २०८१ आइतबार १४:३१:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : क्यान

काठमाण्डाै – त्रिभुवन आर्मी क्लब जय ट्रफी एलिट कप क्रिकेटको फाइनलमा पुगेकाे छ । लिग चरणको अन्तिम खेलमा आर्मीले मधेशलाई ८ विकेटले हराउँदै उपाधि नजिकै पुगेकाे हाे ।

वीरगञ्जमा मधेशले दिएको २८ रनको लक्ष्य आर्मीले २ विकेट गुमाएर भेटायो । आर्मीका तृतराज दासले १३ रन बनाए । मधेशका प्रदीप पासवानले २ विकेट लिए । दोस्रो पारीमा मधेशका मयन यादवले ४९ रन बनाए । आर्मीका बसिर अहमदले ४ विकेट लिए । पहिलो पारीमा आर्मीले २ सय २५ रन र मधेशले १ सय २ रन बनाएको थियो ।

यस्तै जनकपुरमा भइरहेकाे खेलमा नेपाल पुलिस क्लबले बाग्मती प्रदेशले दिएकाे १ सय १६ रनकाे लक्ष्य पछ्याइरहेकाे छ । दाेस्राे दिनकाे चिया समयअघिसम्म पुलिसले ३ विकेट गुमाएर ८७ रन बनाएकाे छ । दोस्रो पारीमा बाग्मतीका शुभ कंसाकरले ७०, रित गौतमले ५२ रन बनाए । पुलिसका ललित राजवंशीले ३ विकेट लिए । पहिलो पारीमा बाग्मतीले १ सय १२ रन र पुलिसले २ सय १५ रन बनाएको थियो ।

जय ट्रफी एलिट कप क्रिकेटको फाइनल खेल पर्सि हुनेछ । वीरगञ्जमा हुने फाइनल खेल तीन दिन हुनेछ ।

अन्तिम अपडेट: पुस २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया