ब्राजिलमा बाढीका कारण ३० जनाभन्दा धेरैको ज्यान गयो, ६० जना बेपत्ता

 बैशाख २१, २०८१ शुक्रबार १२:७:३१ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

ब्राजिलको दक्षिणी राज्यमा केही दिनदेखि परेको भारी वर्षापछि बाढीका कारण एउटा जलविद्युत् आयोजनाको बाँध भत्किँदा ३० जनाभन्दा धेरैको ज्यान गएको छ ।

रियो ग्रान्डी डो सुल राज्यमा बाढीमा परेर अन्य ६० जना हराइरहेका स्थानीय अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । बाढीका कारण १५ हजार बासिन्दा विस्थापित भएका तथा राज्यका कम्तीमा पाँच लाख जना मानिस स्वच्छ पानी र बिजुलीको प्रयोगबाट वञ्चित बनेका खबरमा उल्लेख छ । भत्किएको बाँध कोटिपोरा नगरपालिका र बेन्टो गोनकेल्भ्स शहरको बीचमा रहेको छ ।

यसैबीच ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले प्रभावित क्षेत्रको भ्रमण गर्नुभएको छ । उहाँले प्रभावित क्षेत्रमा केन्द्र सरकारबाट सहयोगको वाचा पनि गर्नुभएको छ । नागरिक रक्षा बुलेटिनले बाढीका कारण एक सय ५४ वटा शहर प्रभावित बनेका खबरमा उल्लेख छ ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया