चन्द्रमाको टाढाको क्षेत्रबाट नमुना सङ्कलन गर्न चिनियाँ अन्तरिक्षयान प्रक्षेपण

 बैशाख २१, २०८१ शुक्रबार १७:५९:४२ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डौ – चीनले चन्द्रमाको टाढाको क्षेत्रबाट नमुना ल्याउने उदेश्यसहित रकेट प्रक्षेपण गरेको छ । ५३ दिनको अन्तरिक्ष अभियानका लागि आज स्थानीय समयअनुसार ५ बजेर २७ मिनेटमा रकेट प्रक्षेपण गरेको बीबीसीले जनाएको छ ।

चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासन (सीएनएसए) ले चन्द्रमाको अनुसन्धान गर्न हेनान प्रान्तमा रहेको वेन्चाङ अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट चाङ ई–सिक्स नामको यान पठाएको हो । चन्द्रमाको पृथ्वीबाट नदेखिने र टाढा रहेको क्षेत्रबाट नमूना सङ्कलन गरेर अनुसन्धान गर्ने यो विश्वकै पहिलो प्रयास रहेको बीबीसीको खबरमा उल्लेख छ । यानलाई चन्द्रमाको दक्षिणी ध्रुवमा रहेको आइटकेन आधारमा अबतरण गराउने लक्ष्य छ ।

पृथ्वीबाट टाढा रहेको यो क्षेत्र सूर्यको प्रकाश नपुग्ने अँध्यारो क्षेत्र पनि हो । चीनले पछिल्लो दशकमा अन्तरिक्ष कार्यक्रमलाई तीव्रताका साथ अघि बढाएको छ । जसमध्ये यो सबैभन्दा महत्वकाक्षी योजना रहेको चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासनका अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।    
 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया