टिकटकमा प्रतिबन्ध नलगाउने ट्रम्पको सङ्केत

 पुष ८, २०८१ सोमबार १५:२०:१७ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले अमेरिकामा टिकटक सञ्चालनमै राख्ने सङ्केत गर्नुभएको छ । एरिजोनाको फीनिक्समा कन्जरभेटिभ सङ्गठन टर्निङ प्वाइन्ट युएसएले आयोजना गरेको एक कार्यक्रममा ट्रम्पले भने लोकप्रिय भिडियो सेयरिङ एप टिकटकलाई अमेरिकामा बन्द नगर्ने सङ्केत गर्नुभएको हो ।

ट्रपले राष्ट्रपति चुनावमा केही प्रमुख मतदातासम्म पुग्न टिकटकले धेरै मद्दत गरेको बताउनुभएको छ । उहाँले टिकटकलाई केही समयका लागि सञ्चालनमै राख्ने सम्भावना रहेको उल्लेख गर्नुभएको पनि चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

चुनावको बेला टिकटकमार्फत प्रचार गर्दा राम्रो प्रतिक्रिया आएको र भिडियो अर्बौ पटक हेरिएको ट्रम्पले बताउनुभएको छ । आफूले देखेको एउटा ग्राफ अनुसार आफ्ना विचार टिकटकमा सबैभन्दा धेरै हेरिएको पनि ट्रम्पको भनाइ छ ।

प्रयोगकर्ताको गोपनीयता भङ्ग गरेको र राष्ट्रिय सुरक्षामै खतरा देखिएको भन्दै गएको अप्रिलमा अमेरिकी राष्ट्रपति जो बाइडेनले टिकटकको मातृ कम्पनी बाइटडान्सलाई टिकटक बेच्नका लागि दुई सय ७० दिनको समय दिने कानून बनाउनुभएको थियो ।

यदी टिकटकले कानूनको पालना नगरेमा एप्पल र गुगल जस्ता एप स्टोर अपरेटरहरूलाई उनीहरूको प्लेटफर्मबाट टिकटक हटाउन निर्देशन दिने कानूनमा उल्लेख छ । तर अमेरिकी सरकारको यो कानून र निर्देशनविरुद्ध टिकटकले अदालतमा मुद्धा दर्ता गरेको छ । जसको निर्णायक सुनुवाई आउँदो महिना अर्थात् जनवरीमा हुँदैछ । 

अन्तिम अपडेट: पुस ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया