ऐतिहासिक चुरियामाई सुरुङमार्ग अवलोकन गर्न सर्वसाधरणको लागि खुल्ला

 पुष ८, २०८१ सोमबार १८:२५:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डौ – मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ मा रहेको ऐतिहासिक चुरियामाई सुरुङमार्ग अवलोकन गर्न सर्वसाधरणको लागि खुल्ला भएको छ । बागमती प्रदेश सरकारले जिर्णोद्धारको काम सकेर हेटौँडा उपमहानगरपालिकालाई हस्तान्तरण गरेसँगै आजदेखि अबलोकनका लागि खुल्ला भएको हो ।

चुरियामाई सुरुङमार्ग प्रदेशको महत्वपूर्ण पर्यटकीय गन्तव्य बन्ने विस्वास रहेको बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले बताउनुभयो । हेटौँडा उपमहानगरपालिकाले सुरुङमार्गको अवलोकनको लागि प्रतिव्यक्ति ५० रुपैयाँ शुल्क निर्धारण गरेको छ । विद्यार्थीले प्रतिब्यक्ति २० रुपैयाँमा र पाँच वर्षमुनिका बालबालिका, जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुले निशुल्क अबलोकन गर्न पाउने उपमहानगरपालिकाले जनाएको छ ।

पुननिर्माणपछि सुरुङमार्गको लम्बाइ दुई सय २६ मिटर पुगेको छ ।शिलालेखका अनुसार सन् १९१७ मा शुरु गरेर दुई वर्षमा बनाएको सुरुङको लम्बाइ त्यसबेला पाँच सय मिटर थियो । चुरेको पहाडलाई मानिसहरूले हाते औजारको प्रयोग गरेर खनेको सुरुङमा माथिबाट फलामका डन्डी, काठ र सिमेन्ट जस्तै लाइम कङ्क्रिट प्रयोग भएको भेटिएको छ । काठमाण्डौलाई हेटौँडा हुँदै तराईसँग जोड्ने गरी चुरे पहाडमा निर्माण गरिएको यो सुरुङमार्ग दक्षिण एशियाकै पहिलो सुरुङमार्ग मानिन्छ । 

अन्तिम अपडेट: पुस ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया