पेट्रलियम गाडीभन्दा विद्युतीय गाडीको आयात झन्डै दोब्बर

 पुष ८, २०८१ सोमबार १५:४७:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – पेट्रलियम गाडीभन्दा विद्युतीय गाडीको आयात झण्डै दोब्बरले धेरै रहेको छ । चालू आर्थिक वर्षको पाँच महिनामा पाँच हजार सात सय वटाभन्दा धेरै चारपाङ्ग्रे विद्युतीय गाडी आयात भएका छन् ।

भन्सार विभागको तथ्याङ्क अनुसार साउनदेखि मंसिरसम्म पाँच हजार सात सय दुई वटा चारपाङ्ग्रे विद्युतीय गाडी भित्रिएका हुन् । आयातित विद्युतीय गाडीको मुल्य १४ अर्ब १९ करोड रुपैयाँभन्दा धेरै छ । मंसिरमा मात्रै एक हजार चार सय ८५ वटा चारपाङ्ग्रे विद्युतीय गाडी भित्रिएका तथ्याङ्कले देखाएको छ ।

पाँच महिनामा पेट्रलियमबाट चल्ने गाडीको आयात भने विद्युतीय गाडीको तुलनामा झन्डै आधा मात्रै छ । पाँच महिनामा ५७ सय वटाभन्दा धेरै चारपाङ्ग्रे विद्युतीय गाडी भित्रिएकोमा इन्धनबाट चल्ने गाडी तीन हजार दुई सय ८५ वटा मात्रै आयात भएका छन् । मंसिरमा जम्मा ३ सय ४२ वटा इन्धन गाडी भित्रिएका छन् ।

न्युन भन्सार र विद्युती गाडी प्रोत्साहन गर्ने सरकारी नीतिको कारण विद्युतीय गाडीको आयात निकै बढिरहेको छ । तर दुई पाङ्ग्रेमा भने पेट्रलियमबाट चल्नेकै वर्चश्व छ । पाँच महिनामा पेट्रलियमबाट चल्ने दुईपाङ्ग्रे साढे ९३ हजार वटा आयात भएकोमा विद्युतीय दुई पाङ्ग्रे भने तीन हजार आठ सय वटा आयात भएका छन् । 

अन्तिम अपडेट: पुस ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया