अर्जुन ट्रफी : धनगढीले घाेडाघाेडी–११ लाई ६९ रनले हरायाे
माघ २०, २०८१ आइतबार
काठमाण्डौ – अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको २५औँ संस्करण आउँदो माघमा हुने भएको छ । आज सुनसरीको धरानमा आयोजित पत्रकार सम्मेलनमा आउँदो माघ १९ गतेदेखि २६ गतेसम्म प्रतियागिता आयोजना हुने धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङ्ले जानकारी दिनुभयो ।
धरान उपमहानगरपालिका वडा नम्बर १६ मा रहेको रङ्गशालामा हुने प्रतियोगितामा १० वटा क्लबको सहभागी रहनेछ । प्रतियोगितामा लिग च्याम्पियन चर्च ब्वाइज क्लब, एनआरटी क्लब काठमाण्डौ, नेपाल पुलिस क्लब, भुटान फुटबल एकाडेमी, त्रिभुवन आर्मी क्लब, इटहरी जागृती क्लब, युके एफसी भारत, मच्छिन्द्र क्लब काठमाण्डौ, काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापा, र धरान फुटबल क्लब रहने जनाइएको छ ।
प्रतियोगिताको विजेताले ट्रफीसहित १० लाख र उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार पाउने छन् । उत्कृष्ट खेलाडीले एक लाख र हरेक खेलको प्लेयर अप दी म्याच हुनेले १५ हजार, सर्वाधिक गोलकर्ताले ३५ हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफन्स, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट प्रशिक्षकले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउने अध्यक्षले बताउनुभयो ।
प्रतियोगिता ८० लाख १० हजार खर्च हुने अनुमान गरिएको छ भने एक करोड दुई लाख २५ हजार रुपैयाँ आम्दानी हुने लक्ष्य राखेको क्लबका महासचिव नवीन राईले बताउनुभयो । प्रतियोगितामा उपविजेताले पाउने पाँच लाख धरान उपमहानगरपालिका–१५ निवासी अहिले पोर्चुगलमा बस्ने अरुण राईले प्रदान गर्ने अध्यक्ष तामाङले बताउनुभयो । प्रतियोगिताको गत वर्षको संस्करणमा एनआरटी क्लब काठमाण्डौले जितेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।