मानव तस्करीमा संलग्न रहेकाे अभियाेगमा कैलालीका एक जना पक्राउ

 वैशाख २६, २०८१ बुधबार १५:१४:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – प्रहरीले मानव तस्करीमा संलग्न रहेको अभियोगमा कैलालीको गौरीगङ्गा घर भई अहिले ललितपुर बस्ने तेजराम चौधरीलाई पक्राउ गरेको छ ।

चौधरीले ब्राजिल हुँदै अमेरिका पठाइदिन्छु भनेर चार जनाबाट एक करोड १८ लाख ५९ हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको उजुरीका आधारमा पक्राउ गरेको केन्द्रीय प्रहरी प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक (डीआईजी) भीमप्रसाद ढकालले जानकारी दिनुभयो ।

चौधरीले पीडितलाई ब्राजिल लैजान फिलिपिन्स पुर्‍याएकामा त्यहाँको अध्यागमनले फर्काएपछि पुनः दिल्ली पुर्‍याई होटलमा बन्धक बनाएको र पीडितले ३९ लाख रुपैयाँ बुझाएपछि मुक्त गरेका प्रारम्भिक अनुसन्धानबाट खुलेकाे ढकालले बताउनुभयो ।

अन्तिम अपडेट: पुस १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया