घोराही उपमहानगरमा निजी क्षेत्रमार्फत सरसफाइ व्यवस्थापनको काम शुरू
फागुन १३, २०८१ मंगलबार
काठमाण्डाै – स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित बिहान काठमाण्डौबाट पक्राउ परेका दुई जनामध्ये एक जना यसअघि सुन तस्करीमा संलग्न भएको खुलेको छ ।
काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयले बिहान रुपन्देहीको सियारी गाउँपालिका–७ का समिर सुनार र मिलन विकलाई पक्राउ गरेको थियाे ।
पक्राउ परेकामध्ये मिलन विक यसअघि २०८० साल असोज १० गते दोलखामा साढे ११ किलो अवैध सुन पैठारी तथा संलग्नमा पक्राउ पुर्जी जारी भई फरार भएको पाइएको काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएकाे छ ।
मिलन र समिरलाई बा १३ च ४८५८ नम्बरको गाडीमा स्रोत नखुलेको ९८ लाख रुपैयाँ रकमसहित काठमाण्डाैकाे दरबारमार्गबाट प्रहरीले पक्राउ गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।