रवि लामिछानेसहित पाँच जनाको जिल्ला अदालत कास्कीमा बयान शुरू...
पुस ८, २०८१ सोमबार
जापानमा तीन महिनाको अवधिमा एक्लै बस्ने १७ हजार जनाभन्दा धेरै वृद्धवृद्धाको घरमै ज्यान गएको छ । जापानको राष्ट्रिय प्रहरी एजेन्सी (एनपीए) ले पछिल्लो समय गरेको एक सर्वेक्षणले जनवरीदेखि मार्चसम्म देशभरि एक्लै बस्ने १७ हजार ३४ जना वृद्धवृद्धाको ज्यान गएकोे देखाएको छ ।
२०२४ को पहिलो तीन महिनामा २१ हजार सात सय १६ जना एक्लै बस्ने मानिसहरूको ज्यान गएको थियो । यीमध्ये कतिपय आत्महत्याका घटना पनि थिए । एक्लो मृत्युको लगभग ८० प्रतिशत अर्थात् १७ हजार ३४ जना ६५ देखि ८५ वर्ष उमेरका थिए । कुनै पनि व्यक्तिको साक्षीविना मृत्यु भएमा त्यसलाई एकान्त मृत्यु भनिन्छ ।
जापानमा युवा समूहको जनसङ्ख्या घट्दै जाँदा वृद्धवृद्धा घरमा एक्लै बस्नुपर्ने बाध्यता बढेको छ । घरमा एक्लै बस्दा कतिपयले आत्महत्या गर्ने र कतिपयको अन्य शारीरिक तथा मानसिक स्वास्थ्य समस्याका कारण ज्यान जाने गरेको छ ।
अहिलेको तथ्याङ्कले झस्काएको र अब आवश्यक कदम चालिने सरकारका एक जना जिम्मेवार व्यक्तिले बताएको पनि खबरमा उल्लेख छ । यो अङ्ग्रेजी वर्ष अर्थात् सन् २०२४ भर जापानमा एक्लै बस्ने ६८ हजार जना वृद्धवृद्धाको ज्यान जाने अनुमान छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।