बुटवलको सुप्रिम सहकारीको अनुसन्धान प्रतिवेदन प्रहरीले बुझायो,...
पुस २६, २०८१ शुक्रबार
काठमाण्डौ – अस्ट्रेलियामा माछा मार्ने क्रममा समुद्रमा डुब्दा दुई जना नेपाली युवाको ज्यान गएको छ । सिड्नी नजिकैको एक चट्टानमा बसेर बल्छीमार्फत माछा मार्ने क्रममा समुद्रमा खस्दा दुई जना नेपालीको ज्यान गएको अस्ट्रेलियाका सञ्चारमाध्यमले जनाएका छन् ।
ज्यान गुमाउनेको परिचय खुलेको छैन । उनीहरू २२ र २५ वर्षका छन् । हिजो दिउँसो पौने ३ बजेतिर चट्टानबाट युवाहरू खसेको थाहा पाएपछि हेलिकप्टर, अत्याधुनिक उद्धार डुङ्गासहित खोजकर्ताहरू खटिएका थिए । बेलुका मात्रै उनीहरूको शव भेटिएको प्रहरीले जनाएको छ ।
उनीहरू खसेको सिड्नीको 'केप सोलान्डर ड्राइभ' निकै खतरनाक ठाउँ मानिन्छ । त्यहाँ माछा मार्नेहरूलाई जीवनरक्षक ज्याकेट लगाउन अनिवार्य गरे पनि अटेरी गर्दा बारम्बार दुर्घटना हुने गरेको खबरमा उल्लेख छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।