काठमाण्डाै महानगरपालिकाले ७ सय २० जना शिक्षकलाई तालिम दिने
पुस २६, २०८१ शुक्रबार
काठमाण्डाै – सगरमाथामा यस वर्षको वसन्तयामको आरोहण सकिएको छ । अहिले बाटो बनाउने क्रममा टाँगिएका भर्याङ र डोरी निकाल्ने काम भइरहेको पर्यटन विभागका निर्देशक राकेश गुरुङले जानकारी दिनुभयो । दोस्रो शिविरभन्दा माथिको भर्याङ र डोरी निकाल्ने काम भइरहेको र दोस्रो शिविरसम्मको डोरी र भर्याङ भाेलि निकाल्ने उहाँले बताउनुभयो ।
सरकारले हरेक वर्षको वसन्तयाममा मे २९ तारिखसम्म आरोहण अनुमति दिन्छ । यस वर्ष सगरमाथा आरोहणका लागि चार सय १९ जनाले अनुमति लिएका थिए । आरोही र उनीहरूका सहयोगीसमेत गरी छ सय जनाभन्दा धेरैले आरोहण गरेका प्रारम्भिक अनुमान रहेको निर्देशक गुरुङले बताउनुभयो । तर आरोहीहरू फर्केर प्रमाण पेश गरी प्रमाणपत्र लिने भएकाले यकिन विवरण आउन केही समय लाग्छ ।
यस वर्ष सगरमाथा आरोहणका क्रममा छ जनाको ज्यान गएको र तीन जना हराइरहेका विभागले जनाएको छ ।
यसैबीच नेपालको पर्वतीय पर्यटन व्यवसाय बदनाम हुने गरी गलत सूचना प्रवाह गरेको भन्दै पर्यटन विभागले आरोही निर्मल पुर्जामाथि छानबिन शुरु गरेको छ । आरोहण टोलीले प्रयोग गर्ने डोरी काटिदिएको भन्दै आरोही पुर्जाले गलत सूचना प्रवाह गरेकोले छानबिन शुरु गरेको पर्यटन विभागले विज्ञप्ति निकालेर जानकारी गराएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।