टुँडिखेलमा दुई दिने माघी महाेत्सव हुने
पुस २६, २०८१ शुक्रबार
काठमाण्डाै – ट्राफिक नियम उल्लङ्घन गर्दा कारबाहीमा परेकाहरूलाई प्रहरीले स्वयंसेवकका रूपमा ट्रापिक व्यवस्थापनमा खटाउन थालेको छ । गृहमन्त्री रवि लामिछानेले हिजो जाँड–रक्सी खाएर गाडी चलाउने लगायत ट्राफिक नियमको उल्लङ्घन गर्नेहरूलाई स्वयंसेवकका रूपमा खटाइने जानकारी दिनुभएको थियो ।
जाँड–रक्सी खाएर गाडी चलाउने, ट्राफिक लेन मिचेका, रातो बत्तीमा गाडी नरोक्ने र तीव्र गतिमा गाडी चलाउनेलाई स्वयंसेवकका रूपमा खटाएको काठमाण्डाै उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जीवनकुमार श्रेष्ठले जानकारी दिनुभयो । यसअघि सचेतना कक्षा दिँदै आएकाहरूलाई ट्राफिक नियमको सामान्य ज्ञान दिएर स्वयंसेवकका रूपमा खटाएको उहाँले बताउनुभयो ।
यसरी स्वयंसेवकका रूपमा खटिनेले पहिलेजस्तो सचेतना कक्षा लिनुपर्दैन । उनीहरू एक घण्टा स्वयंसेवकका रूपमा सडकमा खटिनुपर्नेछ । आफ्नो समय मिलाएर स्वयंसेवकका रूपमा खटिन मिल्ने पनि एसएसपी श्रेष्ठले बताउनुभयो । स्वयंसेवकको एउटा टोलीमा एक जना ट्राफिक प्रहरी पनि खटिनेछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।