टुँडिखेलमा दुई दिने माघी महाेत्सव हुने
पुस २६, २०८१ शुक्रबार
काठमाण्डाै – नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सोमपाल कामी आईसीसी टी–२० क्रिकेट विश्व वरीयताको बलिङतर्फ चार स्थान तल झरेका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले आज सार्वजनिक गरेको वरीयतामा उनी चार स्थान तल झर्दै ९९ स्थानमा पुगेका छन् । सोमपाल यसअघि टी–२० वरीयताको बलिङतर्फ ९५ औँ स्थानमा थिए ।
टी–२० बलिङ वरीयतामा इङ्ग्ल्यान्डका अदिल रशिद पहिलो र श्रीलङ्काका वानिन्दु हसरङ्गा दोस्रो स्थानमा यथावत् छन् । भारतका अक्षर पटेल एक स्थान सुधार गर्दै तेस्रो स्थानमा आइपुगेका छन् ।
यस्तै टी–२० क्रिकेटको ब्याटिङ वरीयतामा दीपेन्द्रसिंह ऐरी ५० औँ र नेपालका कप्तान रोहितकुमार पौडेल ६१ औँ स्थानमा यथावत् छन् । यस्तै आसिफ शेख एक स्थान तल झर्दै ८९ स्थानमा पुगेका छन् ।
टी–२० ब्याटिङ वरीयतामा भारतका सूर्यकुमार यादव पहिलो, इङ्ग्ल्यान्डका फिल साल्ट दोस्रो र पाकिस्तानका मोहम्मद रिजवान तेस्रो स्थानमा यथावत् छन् ।
यसैगरी टी–२० अलराउन्डर वरीयतामा दीपेन्द्रसिंह ऐरी १० औँ, कुशल मल्ल ३४ औँ स्थानमा यथावत् छन् । यस्तै गुल्सन झा दुई स्थान तल झर्दै ६४ औँ, रोहित पौडेल दुई स्थान तल झर्दै ६९ औँ र करण केसी पाँच स्थान तल झर्दै ८१ औँ स्थानमा पुगेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।