लगातार दोस्रो दिन शेयर बजार दोहोरो अङ्कले घट्यो

 जेठ १७, २०८१ बिहीबार १५:२०:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – लगातार दोस्रो दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ । हिजो २३ अङ्कभन्दा धेरैले घटेको शेयर बजार परिसूचक नेप्से आज १९ दशमलव ८९ अङ्कले घटेर दुई हजार ६९ दशमलव ५३ विन्दुमा झरेको छ ।

आज फाइनान्स, हाइड्रोपावर र उत्पादन बाहेक सबै समूहको शेयर घटेकोमा बीमा, होटल, माइक्रोफाइनान्स, विकास बैंक समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज पोखरा फाइनान्स कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन नेपाल फाइनान्स, अपर लोहोरे खोला हाइड्रोपावर र भगवती हाइड्रोपावर लेभलपमेन्ट कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

आज तीन सय ११ वटा कम्पनीका ९८ लाख ६४ हजार कित्ता शेयर चार अर्ब २१ करोड रुपैयाँमा कारोबार भएको छ । बजार घटेको दिन सबैभन्दा धेरै नेपाल फाइनान्स कम्पनीको १९ करोड ४५ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया