टुँडिखेलमा दुई दिने माघी महाेत्सव हुने
पुस २६, २०८१ शुक्रबार
काठमाण्डौ – नेपालगञ्ज र धनगढीको तापक्रम ४४ डिग्रीभन्दा माथि पुगेको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार हिजो नेपालगञ्जको अधिकतम तापक्रम ४४ दशमलव २ डिग्री सेल्सियस र धनगढीको अधिकतम तापक्रम ४४ दशमलव १ डिग्री सेल्सियस मापन भएको छ ।
दुवै ठाउँको तापक्रम यसवर्षकै सबैभन्दा धेरै हो । यसअघि यसवर्षको उच्च तापक्रम वैशाख ८ गते भैरहवामा ४३ दशमलव ६ डिग्री मापन भएको थियो । देशका अरु ठाउँमा पनि तापक्रम बढेको छ । हिजो वीरेन्द्रनगरको अधिकतम तापक्रम ४१ डिग्री सेल्सियस, घोराहीको ४० दशमलव २ डिग्री सेल्सियस, भैरहवाको ३९ दशमलव ४ डिग्री सेल्सियस, सिमराको ३८ दशमलव २ डिग्री सेल्सियस, दिपायलको ३८ दशमलव ६ डिग्री सेल्सियस मापन भएको छ ।
काठमाण्डौ र पोखराको तापक्रम पनि बढेको छ । हिजो काठमाण्डौको अधिकतम तापक्रम ३४ दशमलव ४ र पोखराको ३४ डिग्री सेल्सियससम्म मापन भएको छ । विशेषगरी लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तातो हावाको लहर चलेको छ ।
यसैबीच हिजो काठमाण्डौ उपत्यकासहित बाग्मती, कोशी, मधेश र गण्डकी प्रदेशका केही ठाउँमा हावाहुरी र चट्याङसहित पानी परेको थियो । नेपालमा हाल पश्चिमी वायु तथा स्थानीय मौसमी प्रणालीको प्रभाव रहेकाले अझै केही दिन मेघगर्जन र चट्याङसहित विभिन्न भागमा हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।