हावाहुरीमा परि गोरखा र पर्सामा २ जनाको ज्यान गयो

 जेठ १८, २०८१ शुक्रबार १३:६:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – हावाहुरीमा परि गोरखा र पर्सामा २ जनाको ज्यान गएको छ । हिजो बेलुका आएको हावाहुरीका कारण रुख ढल्दा गोरखाको शहीदलखन गाउँपालिका–४ चैलिसेका ५० वर्षीय गिरबहादुर राना मगरको ज्यान गएकाे वडाध्यक्ष यमबहादुर थापाले जानकारी दिनुभयो ।

हावाहुरीका कारण गाेरखामा दुई दर्जनभन्दा धेरै घरका छाना उडाएको र खेतीबालीमा समेत क्षति पुगेको वडाध्यक्ष थापाले बताउनुभयो ।

यस्तै वर्षासँगै आएको हावाहुरीले पर्साको विन्दबासिनी गाउँपालिका–२ गर्दौलमा १ सय ७ वर्षीय वृद्ध गुदेरी साहको ज्यान गएको छ । हावाहुरीले उडाएर ल्याएको जस्तापाताले काटेर उहाँँको ज्यान गएको पर्सा प्रहरीका प्रहरी नायब उपरीक्षक केशर न्यौपानेले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: पुस २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया