टुँडिखेलमा दुई दिने माघी महाेत्सव हुने
पुस २६, २०८१ शुक्रबार
काठमाण्डाै – नेपाल उद्योग परिसङ्घ (सीएनआई) ले स्वदेशी उद्योगमा लोडशेडिङ कायमै राखेर बिजुली निर्यात गरेकोप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
परिसङ्घले आज विज्ञप्ति निकालेर नेपालका उद्योगमा लोडशेडिङ यथावत् राखेर प्राधिकरणले बिजुली निर्यात गरेको भन्दै प्राधिकरण ‘निर्यातकर्ता’ बनेको आरोप लगाएको छ । सरकारले स्वदेशी उद्योगको प्रवर्द्धन गर्ने, निजी क्षेत्रको मनोबल बढाउने प्रयास गरिरहेको बताउँदै आएको अवस्थामा सरकारी निकाय नै रहेको विद्युत् प्राधिकरणले यो बेला कसरी बिजुली निर्यात गर्न सक्यो भनेर परिसङ्घले प्रश्न गरेको छ ।
यसअघि बिजुली उत्पादन कम हुँदा आयात गरेरै भए पनि उद्योगलाई आवश्यक बिजुली उपलब्ध गराउन आग्रह गर्दै आएको तर प्राधिकरणले बिजुी आयात गर्दा महँगाे पर्ने तर्क गर्दै आयात नगरेको परिसङ्घले जनाएको छ । पर्याप्त बिजुली नपाउँदा उद्योगहरू विगत तीन महिनाअघि देखि मारमा पर्दै आएका र अहिले बिजुली बचत हुँदा पनि उद्योगलाई पर्याप्त उपलब्ध नगराई निर्यात गर्नु जायज नरहेको परिसङ्घको भनाइ छ । उद्योगलाई पर्याप्त बिजुली उपलब्ध गराएर बचत रहेको बिजुली मात्रै निर्यात गर्न परिसङ्घको माग छ ।
नदीहरूमा पानीको बहाव बढ्न थालेपछि बिजुली उत्पादन वृद्धि भएको र गएको सोमवार रातिदेखि भारततर्फ निर्यात शुरु गरेको हिजो नेपाल विद्युत् प्राधिकरणले जनाएको थियो । देशभित्र खपत गरी बाँकी भएको बिजुली भारत पठाउन थालेको प्राधिकरणको भनाइ छ ।
प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा दैनिक चार सय मेगावाट बिजुली बिक्री गर्न शुरु गरेको हो ।
विज्ञप्ति–
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।