एन्फा महिला लिगमा वालिङ र बाग्मती खेल्दै
पुस २६, २०८१ शुक्रबार
मुगु – नेपाली सेनाले रारा तालमा आयोजना गरेको चौथो रारा ट्रेल रन प्रतियोगितको उपाधि पुरुषतर्फ अक्कल बढुवाल र महिलातर्फ राज्यलक्ष्मी रावलले जितेका छन् ।
आज बिहान ताल वरिपरि सञ्चालन भएको दौडमा एक सय ६९ जना पुरुष र २५ जना महिला सहभागी भएका थिए । १६ किलोमिटर दूरी पुरुषतर्फ मुगुको छायाँनाथ रारा नगरपालिका वडा नम्बर १४ काे वाम गाउँका १७ वर्षीय अक्कल बढुवालले एक घण्टा दुई मिनेट १० सेकेन्डमा पार गरे । यस्तै जुम्लाको कनकासुन्दरी गाउँपालिका–३ का शेरबहादुर बुढा दोस्रो र कनकासुन्दरी–२ का चन्द्र रावत तेस्रो भए ।
महिलातर्फ जुम्लाको गोठीचौर गाउँपालिका वडा नम्बर ३ काे गज्याङकोटकी १९ वर्षीया राज्यलक्ष्मी रावलले १६ किलोमिटर दूरी एक घण्टा १४ मिनेट ३३ सेकेन्डमा पार गरिन् । यस्तै जुम्लाकै पातारासी गाउँपालिका–२ पेडा गाउँकी कल्पना बुढा दोस्रो र जुम्लाकै समिता बुढा तेस्रो भए ।
महिला र पुरुष दुवैतर्फ पहिलो हुनेले जनही ५० हजार, दोस्रो हुनेले ४० हजार र तेस्रो हुनेले ३० हजार रुपैयाँ प्राप्त गरेका छन् ।
तस्बिर : बुद्ध ताेपकाे फेसबुकबाट
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।