१५ दिनपछि काठमाण्डाै महानगरभित्रका सार्वजनिक शौचालयमा पैसा नलाग्ने

 जेठ १८, २०८१ शुक्रबार १८:२९:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – आउँदो १५ दिनपछि काठमाण्डाै महानगरपालिकाभित्रका सार्वजनिक शौचालयहरूमा पैसा नलाग्ने भएको छ । अहिले काठमाण्डाै महानगरपालिका क्षेत्रभित्र रहेका सार्वजनिक शौचालयहरूले ५ र १० रुपैयाँ लिइरहेका छन् ।

निःशुल्क रूपमा सञ्चालित सार्वजनिक शौचालयका लागि आवश्यकताअनुसार जनशक्ति, सामग्री, मर्मत–सम्भार र सरसफाइ सहयोग उपलब्ध गराउने महानगरपालिकाले जनाएको छ ।

शुल्क लिइरहेका शौचालयका सञ्चालकहरूले १५ दिनभित्र महानगरपालिकाको सार्वजनिक निजी साझेदारी एकाइमा लिखित प्रस्ताव पेश गर्न भन्दै महानगरले सूचना विपरीत सार्वजनिक शौचालयको प्रयोगबापत शुल्क लिएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने बताएको छ ।

अन्तिम अपडेट: पुस २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया