पेरिस ओलम्पिकको तयारीका लागि प्रिन्स आइतवार श्रीलङ्का जाने

 जेठ १८, २०८१ शुक्रबार १८:३०:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पेरिस ओलम्पिकको तयारीका लागि ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल पर्सि आइतवार श्रीलङ्काको कोलोम्बो जाने भएका छन् ।

प्रिन्स कोलोम्बोमा राइजिङ स्टार्स ब्याडमिन्टन एकेडेमीमा २० दिन प्रशिक्षणमा रहने छन् । उनको प्रशिक्षण आइतवारदेखि नै शुरु हुनेछ । प्रिन्स दाहाललाई इन्डोनेसियाको राष्ट्रिय टिमसमेत सम्हालिसकेका इन्डोनेसियाकै टोनी वाहयुदीले प्रशिक्षण दिने छन् । प्रिन्स पेरिस ओलम्पिकका लागि वाइल्ड कार्डमार्फत छनोट भएका हुन् ।

प्रिन्ससँगै ब्याडमिन्टनका मुख्य प्रशिक्षक सुदीप योञ्जन पनि श्रीलङ्का जाने छन् । उनीहरूलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले आज एक कार्यक्रमबीच बिदाइ गर्नुभएको छ ।

तस्बिर : दाहालकाे फेसबुकबाट

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया