‘सीड्स फर द फ्युचर नेपाल’ को छात्रवृत्ति खुल्यो

 जेठ १९, २०८१ शनिबार ६:४५:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सूचना प्रविधिको क्षेत्रमा नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिनको लागि हुवावेले आवेदन माग गरेको छ । हुवावेले आफ्नो ‘सिड्स फर द फ्युचर नेपाल २०२४’ का लागि आवेदन दर्ता खुला गरेको हो । स्नातक तहका विद्यार्थीले वेबसाइटमार्फत् आवेदन दर्ता गर्न सक्छन् । www.seedsnep.com   मा गएर  जुन ९ तारिखसम्म आवेदन दिन सकिने हुवावे नेपालले जनाएको छ ।

सन् २०२४ मा हुने सिड्स फर द फ्युचर नेपाल कार्यक्रमको काठमाण्डौमा उद्घाटन कार्यक्रम गरेर घोषणा गरिएको हो । हुवावेले अहिले लगातार चौथो वर्ष सीड्स फर द फ्युचर नेपाल छात्रवृत्ति कार्यक्रम गरेको हो । कार्यक्रमको माध्यमबाट, हुवावेले डिजिटलाइजेशन, नवीनता, उद्यमशीलता र दिगोपनमा गहन आईसीटी सत्रहरू सुविधा प्रदान गरेर नेपालमा आईसीटी इकोसिस्टमलाई बढावा दिएको दाबी गरेको छ ।

उद्घाटन कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव विश्वबाबु पुडासैनी, काठमाण्डौ विश्वविद्यालयका कुलपति भोला थापा, हुवावे नेपालका सीईओ हुआंग जुन, इन्टरप्राइज बिजनेसका सीटीओ एन्ड्रयू पेङलगायत उपस्थित हुनुहुन्थ्यो ।

यस्तै विभिन्न विश्वविद्यालयका डीन र प्राध्यापकहरू, विभिन्न सङ्गठनका अध्यक्ष र सीईओहरूको पनि सहभागिता थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव विश्वबाबु पुडासैनीले हुवावेको उपस्थितिबाट युवा दिमागलाई आईसीटी क्षेत्रमा अगाडि बढ्न अवसर प्रदान गरेको बताउनुभयो ।

नेपालका लागि चीनका राजदूत चेन सङले भविष्यका लागि बीउ कार्यक्रम नेपालमा युवा प्रतिभाको पोषण र नवीनतालाई बढावा दिनको लागि एक महत्त्वपूर्ण कार्यक्रम रहेको बताउनुभयो । यसवर्ष हुवावेले सरकार, शैक्षिक संस्था र उद्योग विशेषज्ञहरू सम्मिलित एक विविध जूरी बोर्ड गठन गरेको छ । यो दुई महिनाको अवधिमा छात्रवृत्तिको लागि अन्तर्वार्ता, कार्य र प्रस्तुतीकरणका धेरै चरणहरू हुनेछन् ।

विश्वव्यापी ब्रान्ड भए पनि हुवावेले २५ वर्षभन्दा बढी समयदेखि नेपालमा काम गर्दै आएको छ । हुवावेले नेपाली प्रतिभालाई प्रविधि क्षेत्रमा पोषण गर्न महत्वपूर्ण भूमिका खेलेको छ । यस कार्यक्रमको माध्यमबाट हुवावेले नेपालमा विश्वव्यापी सूचना तथा सञ्चार प्रविधिको ज्ञान विस्तार गर्दै आएको दाबी गरेको छ ।

सन् २००८ मा स्थापना भएको सिड्स फर फ्युचर कार्यक्रमले १३९ देशका १५ हजार भन्दा बढी विद्यार्थीलाई सकारात्मक प्रभाव पारेको छ । यसबाहेक, यसले पाँच सय भन्दा धेरै विश्वविद्यालय र कलेजहरूसँग साझेदारी गरेको छ । सीड्स फर द फ्युचर नेपाल सन् २०२१ मा नेपालमा शुरु भएको हुवावेको प्रमुख सीएसआर कार्यक्रम हो ।

यस कार्यक्रमले सहभागीलाई शिक्षा र सांस्कृतिक आदानप्रदानको मिश्रण गर्ने अनुभव प्रदान गर्दछ । छनौटमा परेका विद्यार्थीहरू विगतमा थाइल्याण्ड, सिङ्गापुर र चीन भ्रमणमा समेत गएका थिए ।  

अन्तिम अपडेट: पुस २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया