एन्फा महिला लिगमा वालिङ र बाग्मती खेल्दै
पुस २६, २०८१ शुक्रबार
भारतको लोकसभा चुनाव अन्तर्गत आज अन्तिम चरण अर्थात् सातौँ चरणको मतदान हुँदैछ । लोक सभाका बाँकी ५७ सिटमा आज बिहान ७ बजेदेखि मतदान शुरु हुन लागेको हो । अन्तिम चरणमा उत्तर प्रदेश र पन्जाबका १३/१३ स्थान तथा पश्चिम बङ्गालका ९, बिहारका ८, ओडिसाका ६, हिमाञ्चल प्रदेशका ४, झारखण्डका ३ तथा युनियन टेरीटरी अफ चन्दीगढको एक स्थानमा मतदान हुनेछ ।
सातौँ चरणमा ९ सय ४ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । यसै चरणमा प्रधानमन्त्री नरेन्द्र मोदीको निर्वाचन क्षेत्र उत्तर प्रदेशको वाराणसीमा पनि मतदान हुँदैछ । कांग्रेसबाट मोदीको प्रतिस्पर्धामा अजय राजय हुनुहुन्छ । भारतीय जनता पार्टी (भाजपा) का मोदी वाराणसी क्षेत्रबाट तेस्रो पटक चुनावमा उठ्नुभएको हो ।
लोकसभा अन्तर्गत यसअघि ६ चरणको मतदान सम्पन्न भएको छ । गएको अप्रिल १९ तारिखदेखि मतदान शुरु भएको थियो । सबै मतदान पुरा भएपछि आजैदेखि मतगणना शुरु हुने केन्द्रीय निर्वाचन आयोगलाई उद्धृत गरी भारतीय सञ्चारमाध्यमले जनाएका छन् । जुन ४ तारिख अर्थात् आउँदो मङ्गलवारसम्म परिणाम घोषणा गर्ने तयारी छ । लोकसभाको ५ सय ४३ सदस्यका लागि विभिन्न चरणमा गरि चुनाव भएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।