टी–२० विश्वकपमा आज राति श्रीलङ्का र दक्षिण अफ्रिका खेल्दै

 जेठ २१, २०८१ सोमबार १८:२६:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आईसीसी टी–२० विश्वकप क्रिकेटमा आज राति समूह 'डी' का श्रीलङ्का र दक्षिण अफ्रिका खेल्दैछन् । यो खेल राति सवा ८ बजे न्युयोर्कमा शुरु हुनेछ ।

यसैबीच आज बिहान भएको खेलमा नामिबियाले ओमानलाई सुपर ओभरमा हराएको छ । ओमानले दिएको १ सय १० रनको लक्ष्य पछ्याएको नामिबियाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ९ रनमात्र बनाउन सकेपछि खेल सुपर ओभरमा पुगेको थियो । सुपर ओभरमा २२ रनको लक्ष्य पाएको ओमानले १ विकेट गुमाएर १० रनमात्र बनाउन सकेपछि नामिबिया विजयी भएको हो ।

अमेरिका र वेस्ट इन्डिजले संयुक्त रूपमा आयोजना गरेको नवौँ संस्करणको प्रतियोगिता हिजोदेखि शुरु भएको हो । केही खेल अमेरिकामा र धेरैजसो खेल वेस्ट इन्डिजमा हुनेछन् ।

२० वटा टोली सहभागी प्रतियोगिता जुन २९ तारिखसम्म चल्नेछ । नेपालले भोलि नेदरल्यान्ड्ससँग खेल्दै प्रतियोगिताको शुरुवात गर्दैछ । याे खेल राति सवा ९ बजे अमेरिकाकाे डल्लासमा शुरु हुनेछ ।

अन्तिम अपडेट: पुस २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया