मेयर शाहलाई याेगेश भट्टराईकाे आग्रह– ‘राजनीतिक नेतृत्वप्रति उत्तेजक अभिव्यक्ति नदिनुस्’

 जेठ २२, २०८१ मंगलबार १५:५:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (एमाले) का सांसद योगेशकुमार भट्टराईले राजनीतिक नेतृत्वप्रति उत्तेजक अभिव्यक्ति नदिन काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहलाई आग्रह गर्नुभएको छ ।

प्रतिनिधि सभाको आजको बैठकको विशेष समयमा नेता भट्टराईले काठमाण्डाै महानगरका मेयर शाहले राजनीतिक व्यवस्था परिवर्तनको संवाहक राजनीतिक दलका नेताहरूको जेलजीवनको उपहास गरेकामा आपत्ति जनाउनुभयो । उहाँले मेयर शाहप्रति लक्ष्य गर्दै भन्नुभयो, ‘काठमाण्डाैलाई अझ सुन्दर बनाउन तपाईंको योजना के छ ? आउनुहोस् हामीसँगै काम गरौँ । उत्तेजना फैलाउने उच्छृङ्खल गतिविधि नगर्न म आग्रह गर्छु ।’

सांसद भट्टराईले सहकारी ठगी छानबिन गर्न गठित संसदीय छानबिन समितिले सहकारीका तमाम नीतिगत समस्याका सन्दर्भमा स्पष्ट धारणा पेस गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भ्रष्टाचारका सबै प्रकरणमा आफ्नो पार्टी अनुसन्धानका लागि तयार भएको पनि बताउनुभयो ।

यस्तै गिरीबन्धु टी–स्टेटको जग्गा हिनामिनाको विषय लिएर एमाले र अध्यक्ष केपी शर्मा ओलीमाथि नियोजित ढङ्गले आक्षेप लगाइएको भन्दै सांसद भट्टराईले आक्रोश पोख्नुभयो । उहाँले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सदनमा अवरोध गरेका कारण नागरिकका धेरै विषय सदनमा उठाउन नसकिएको बताउनुभयो ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया