बेलायत पठाइदिने भन्दै एक जनाबाट साढे ३१ लाख रुपैयाँ ठगी गर्...
पुस २६, २०८१ शुक्रबार
काठमाण्डौ – सरकारले गएको जेठ १३ गतेदेखि सञ्चालन गरेको पोलियो रोगविरुद्धको ‘आईपीभी’ खोप अभियान तराईका जिल्लामा प्रभावित भएको छ । स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले तराईका धेरैजसो जिल्लामा उच्च गर्मी र तातो हावाको लहर चलेसँगै खोप अभियान प्रभावित भएको बताउनुभयो ।
गर्मीका कारण तराई/मधेशमा कतिपय विद्यालय बन्द गरिएको छ । विद्यालय बन्द हुँदा आईपीभी खोप कार्यक्रम सञ्चालन भए पनि प्रभावित भएको हो । पानी पर्न र केही शितल हुन थालेसँगै अब फेरि विद्यालय खुल्ने र खोप अभियान पनि सञ्चालन गर्ने डा. गौतमले बताउनुभयो । उहाँकाअनुसार अहिलेसम्म चार लाख १७ हजार पाँच सय ३६ जना बालबालिकाले पोलियोविरुद्धको खोप आईपीभी लगाइसकेका छन् । यो २८ दशमलव ५ प्रतिशत हो ।
अहिलेको खोप लगाएको यो तथ्याङ्क ४६ जिल्लाको हो । अन्य जिल्लाबाट तथ्याङक आउन बाँकी छ । खोप अभियानकाक्रममा सरकारले २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका १४ लाख ६२ हजार सात सय १२ बालबालिकालाई पोलियोविरुद्धको खोप आईपीभी लगाउने लक्ष्य राखेको छ । अभियान यही जेठ २६ गतेसम्म सञ्चालन हुने गरी शुरु गरिएको थियो ।
स्वास्थ्य मन्त्रालयले विद्यालय नजाने बालबालिकाका लागि अभियानको अन्तिम दिन स्वास्थ्य सस्थामा पनि खोप अभियान सञ्चालन गर्नेछ । खोप लगाउन छुटेका बालबालिकालाई पोलियो रोग लाग्ने उच्च जोखिम रहेकाले यस वर्ष सरकारले खोप अभियान सञ्चालन गरेको हो । सरकारले सन् २०२६ सम्म पोलियो उन्मूलन गर्ने लक्ष्य राखेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।