एनडीए गठबन्धनले लगातार तेस्रो पटक सरकार बनाउने भारतीय प्रधानमन्त्री मोदीको दाबी

 जेठ २३, २०८१ बुधबार ६:३१:२८ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले  एनडीए गठबन्धनले लगातार तेस्रो पटक सरकार बनाउने निश्चित भएको बताउनु भएको छ । लोकसभा चुनावमा भारतीय जनता पार्टी , भाजपा नेतृत्वको एनडीएले २ सय ९० को हाराहारीमा सिट ल्याउने देखिएसँगै प्रधानमन्त्री मोदीको प्रतिक्रिया आएको हो । हिजो बेलुका दिल्लीमा रहेको  कार्यालय पुगेका मोदीले एनडीएको जित भएको दाबी गर्नुभएको बीबीसी हिन्दीले जनाएको छ ।

निर्वाचन आयोगले कुशलताका साथ विश्वको सबैभन्दा ठुलो चुनाव सम्पन्न गरेको भन्दै उहाँले धन्यवाद पनि दिनुभयो । प्रधानमन्त्री नरेन्द्र मोदी लोकसभा चुनावमा वाराणासीबाट विजयी हुनुभएको हो । वाराणासीबाट यो उहाँको लगातार तेस्रो जित हो । मोदीले कांग्रेस उम्मेदवार अजय रायलाई एक लाख ५२ हजार ५१३ मतले पराजित गर्नुभएको हो ।

यसैबीच, भारतको हिमाचल प्रदेशको मन्डीबाट भारतीय जनता पार्टीकी बलिउड अभिनेत्री कङ्गना रनौतले लोकसभा चुनाव जित्नुभएको छ । उहाँले कांग्रेसको प्रत्याशी विक्रमादित्य सिंहलाई हराउनुभएको हो । 

अन्तिम अपडेट: पुस ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया