टी–२० विश्वकपमा भारत र आयरल्यान्ड खेल्दै

 जेठ २३, २०८१ बुधबार ७:१९:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – टी–२० विश्वकप क्रिकेटमा आज भारत र आयरल्यान्ड खेल्दैछन् । खेल न्यूयोर्कमा नेपाली समयअनुसार बेलुका सवा ८ बजे शुरु हुनेछ । समूह ‘ए’ मा रहेका भारत र आयरल्यान्डले आफ्नो पहिलो खेल खेल्न लागेका हुन् ।

समूह ‘ए’ मा आयोजक अमेरिकासहित क्यानडा, भारत, आयरल्यान्ड र पाकिस्तान रहेका छन् । यो समूह अन्तर्गत आयोजक अमेरिकाले उद्घाटन खेलमा क्यानडालाई ७ विकेटले हराउँदै विजयी शुरुवात गरेको छ । जुन २ तारिखदेखि शुरु भएको टी–२० विश्वकपको फाइनल खेल जुन २९ तारिख अर्थात् असारको १५ गते हुनेछ । इंग्ल्यान्ड विश्वकप क्रिकेट साविक उपाधि विजेता टोली हो ।

गएराति इङ्ग्ल्यान्ड र स्कटल्यान्डबीचको खेल भने वर्षाका कारण नतिजा विहीन भएको छ । इङ्ग्ल्यान्डले सन् २०१० र २०२२ मा तथा वेस्ट इन्डिजले २०१२ र २०१६ मा गरि दुई पटक टी–२० विश्वकपको उपाधि जितेका छन् ।

त्यस्तै भारत, अस्ट्रेलिया, श्रीलङ्का र पाकिस्तानले एक/एक पटक टी–२० विश्वकप जितेका छन् । भारतले पहिलो संस्करण २००७ मा उपाधि जितेको थियो ।

त्यस्तै अस्ट्रेलियाले २०२१ मा, श्रीलङ्काले २०१४ मा र पाकिस्तानले २००९ मा उपाधि जितेको थियो । गएराति भएको विश्वकप क्रिकेटको आफ्नो पहिलो खेलमा नेपाल भने नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको छ ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया