एन्फा महिला लिगमा वालिङ र बाग्मती खेल्दै
पुस २६, २०८१ शुक्रबार
काठमाण्डौ – नेकपा (एकीकृत समाजवादी) पार्टी मधेश प्रदेश सरकारबाट बाहिरिएको छ । हिजो बसेको पार्टी संसदीय दलको बैठकबाट मधेश सरकारबाट बाहिरिने निर्णय गरेलगत्तै पार्टीको तर्फबाट मधेश प्रदेश सरकारमा सहभागी एकीकृत समाजवादीका गोविन्द न्यौपाने र बेची लुङ्गेलीले मुख्यमन्त्रीको सचिवालयमा राजीनामा बुझाउनुभएको छ ।
एकीकृत समाजवादीले सरकार छाडेसँगै मधेसमा जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) नेतृत्वको सरकार अल्पमतमा परेको छ । यसअघि वैशाख ३० मा सरोजकुमार यादव नेतृत्वको सरकारबाट एमाले र माओवादी केन्द्रले समर्थन फिर्ता लिएका थिए । मुख्यमन्त्री यादवले आज प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गर्नुभएको छ ।
मधेशमा एमाले, जनमत पार्टी र माओवादी केन्द्रले यसअघि नै जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने सहमति गरिसकेका छन् । एक सय ७ सदस्यीय मधेश प्रदेशसभामा एमालेका सभामुखसहित २५, जनमत पार्टीका १३, माओवादी केन्द्रका ८ र एकीकृत समाजवादीका ७ जना प्रदेशसभा सदस्य छन् ।
उनीहरुको सङ्ख्या ५३ तथा नागरिक उन्मुक्ति पार्टी र नेपाल सङ्घीय समाजवादी पार्टीको एक/एक गरी जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने तयारी छ । कुनै दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । त्यसअनुसार मुख्यमन्त्री यादवले आज दिउँसो ३ बजे विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी चन्दनकुमार ठाकुरले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।