सफा हिमाल अभियान : ११ टन फाेहाेर सङ्कलन

 जेठ २३, २०८१ बुधबार १८:३९:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : नेपाली सेना

काठमाण्डाै – सफा हिमाल अभियान–२०२४ अन्तर्गत नेपाली सेनाले ११ टन फोहोर, ४ वटा मानव शव र एक अस्थिपञ्जर सङ्कलन गरेको छ ।

बुधवार काठमाण्डौमा अभियान समापन समारोहको आयोजना गर्दै सेनाले यसबारेमा जानकारी दिएको हो । समापन समारोहलाई सम्बोधन गर्दै प्रधानसेनापति प्रभुराम शर्माले ५५ दिनसम्म सञ्चालित अभियानमा कति मात्रामा फोहोर सङ्कलन भयो भन्ने कुराले मात्र अभियानको महत्त्व उजागर गर्न नसक्ने बताउनुभयो ।

प्रधानसेनापति शर्माले झन्डै एक लाख फौज भएको देशले १० हजार फौजलाई वातावरण संरक्षणमा प्रयोग गर्नु उदाहरणीय काम भएको बताउनुभयो । प्राकृतिक संरक्षण कार्यमा सेना खटाउने कुरा बिरलै देशमा मात्रै हुने गरेको उहाँको भनाइ छ । प्रधानपति शर्माले सफाइ अभियान सञ्चलन गर्नु जटिल, चुनौतीपूर्ण र साहसिक कार्य भएको बताउनुभयो ।

नेपाली सेनाले चैत २९ गतेदेखि अभियानको शुरुआत गरेको थियो ।

अन्तिम अपडेट: पुस २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया